नगर बालसंरक्षण समितिद्धारा लागुऔषध दुर्व्यसनविरूद्ध तालिम

 भक्तपुर । 'लैगिंक हिंसाको अन्त्य,हामी सबैको गन्तव्य' भन्ने मूल नाराको सार्थकता हेतुचाँगुनगर बालसंरक्षण सम्वर्धन समितिले किशोर,किशोरीहरुका लागि लागु औषध दुर्व्यसन तथा विकृतिविरुद्ध चेतनामूलक तालिम कार्यक्रमको शुभारम्भ गरेको छ ।

चाँगुनगरपालिका भित्रको बाललक्षित निर्धारित कार्यक्रमअनुसार नगरपालिका भित्रका सामुदायिक विद्यालयका छात्र–छात्रालाई सो तालिम प्रदान गर्न लागिएको हो ।प्रारम्भिक चरणमा चाँगुनारायण नगरपालिका वडा १,२ र ३ भित्रका ५ वटा सामुदायिक विद्यालयका बालबालिकाहरुका विचबाट शुभारम्भ गरिएको सो तालिम कार्यक्रमको उदघाटन गर्दै चाँगुनारायण नगरपालिका उपप्रमुख विना वास्तोलाले नगरपालिकाको नौ वटै वडाको सामुदायिक विद्यालयका भाईबहिनाहरुलाई लागुऔषध दुर्व्यसन विरुद्धको तालिम प्रदान गर्न लागिएकोमा खुशी प्रकट गरिन् र सो कार्यको लागि नगर बालसंरक्षण समितिलाई धन्यवाद समेत व्यक्त गरेकि छिन् ।

चाँगु नगर बाल संरक्षण सम्बर्द्धन समितिका संयोजक एवं कार्यपालिका सदस्य कृष्णा कार्कीले समग्र नगरपालिकालाई बालमैत्री नगरपालिका बनाउने तर्फ उच्च प्राथमिकताका साथ लागेको बताउँदै सोको लागि आवाश्यक पर्ने सुचाकंहरुको तिव्र तयारीमा नगरबालसंरक्षण समिति विशेष योजनाका साथ जुटेकोजानाकारी समेत गराईन् ।

साथै कार्यक्रममा संयोजक कार्कीले नगरभित्र बालबालिकाहरुको सर्वाङ्गिण हित हुने गरि यस आर्थिक वर्षको लागि रु २० लाख नगद पनि नगरपरिषद बाट विनियोजन गरेको उल्लेख गरिन् ।

No description available.

चाँगुनारायण वडा नं.१ स्थित चाँगुनारायण मावि प्राङ्गण भित्र सम्पन्न भएको प्रारम्भिक तालिममा सहभागी भाईबहिनीहरुलाई महानगरीय परिसरमहिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा कार्यालयका प्रहरी नायब निरिक्षकद्धय सानु श्रेष्ठ र सरोज खत्रीले प्रशिक्षण गराएका थिए ।

तालिम कार्यक्रममा चाँगु माविका प्रधानध्यापक दधिराम गेलाल, चाँगुनगर महिला बालबालिका शाखाका नासु ईन्दिरा भटट्राइ,चाँगुनगर बालसंरक्षण सम्बद्र्धन समितिका सदस्य सचिव नबराज काफ्ले,नगर बाल संरक्षण समितिका सदस्य सावित्री थापा लगायतको उपस्थिति रहेको थियो ।

No description available.

No description available.

No description available.No description available.

 

Comments

Top