नेम्बाङसहित ७ नेतालाई पार्टीबाट हटाएको प्रचण्ड–नेपाल समूहको घोषणा

prachanda madha

काठमाडौं । प्रचण्ड नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ । बैठकले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाउने प्रस्ताव पास गरेको छ ।

त्यस्तै बुधबार नै बसेको स्थायी कमिटी बैठकले ओलीसँगै संसदीय दलको उपनेताबाट सुवासचन्द्र नेम्वाङ र सचेतकबाट शान्ता चौधरीलाई हटाउने प्रस्ताव पनि पारित भएको छ।

यसअघि बसको स्थायी कमिटि बैठकले संसदीय दलको नेता, उपनेता, सचेतक हटाउने प्रस्ताव केन्द्रीय कमिटीमा लगेको थियो।

त्यस्तै बैठकले सुवास नेम्वाङ, विशाल भट्टराई, महेश बस्नेत, शान्ता चौधरी, सूर्य थापा, प्रभु साह र कर्ण थापालाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेको छ।

Comments

Top