सरकार र विप्लवसमूहबीच तेस्रो चरणको वार्ता, नेता तथा कार्यकर्ता नपक्रन गृहको निर्देशन

barta_samiti

काठमाडौं । सरकार र प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूहबीच तेस्रो चरणको वार्ता सुरु भएको छ । बुधबार वार्ताको पहिलो दिन बिहान र बेलुकी गरी दुई चरणमा सम्पन्न भएको वार्तापछि बिहीबार बिहान तेस्रो चरणको वार्ता सुरु भएको हो ।

सरकारले विप्लव समूहका कार्यकर्तालाई नपक्रनका लागि प्रहरीलाई निर्देशन दिइसकेको छ भने अहिले राजनीतिक एजेन्डाबाट कुराकानी भइरहेको जनाइएको छ । प्रतिबन्ध फुकुवा र जेलमा रहेका नेता, कार्यकर्ताको रिहाइ गर्न सरकार सकारात्मक रहेको जनाइएको छ ।

वार्तामा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र राजन भट्टराई रहेका छन् भने विप्लव समूहबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदयबहादुर चलाउने ‘दिपक’ सदस्य रहेको वार्ता टोली छ ।

 

Comments

Top