प्रधानमन्त्री ओलीले लगाए कोभिड–१९ विरुद्धको खोप

KO Oli

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९)विरुद्धको खोप लगाएका छन् ।

प्रधानमन्त्री ओलीले पत्नी राधिका शाक्यसहित टिचिङ अस्पताल गएर आइतबार बिहान खोप लगाएका हुन् ।

नेपालमा ६ ५ वर्ष उमेर समूहमाथिका मानिसहरुलाई खोप लगाउने अभियान सुरु भएको छ । खोप लगाएको केही समयमै खोप केन्द्रबाट निस्किसकेका प्रधानमन्त्री ओलीले खोप लगाएर कोरोना पराजित गर्ने अभियान सफल बनाउन सबैलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्रीसँग शिक्षण अस्पतालमा अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्यमन्त्री हृदयस त्रिपाठीलगायतले पनि खोप लगाएका छन् ।

Comments

Top