जसपाको संसदीय दलको बैठक बस्दै

Jasapa

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको बैठक आज (मंगलबार) बस्दै छ । बैठक मंगलबार दिउँसो १ बजेका लागि बालाएको छ ।

बैठकमा संसदमा कसरी प्रस्तुत हुने भन्नेलगायतका समग्र राजनीतिक परिस्थितिबारे छलफल हुने नेता लक्ष्मणलाल कर्णले जानकारी दिएका छन् ।

प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजे बस्ने छ । गत आइतबार बोलाइएको पुनःस्थापित संसदको पहिलो बैठकमा अध्यादेश पेश गर्न अनुमति दिइएको विरोधमा नेपाली कांग्रेस र जसपाले बैठक अवरुद्ध गरेका थिए ।

विरोधका बाबजुद सभामुख सापकोटाले कानुन न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठलाई संवैधानिक अध्यादेशसम्बन्धी विधेयक पेश गर्न अनुमति दिएपछि कांग्रेस र जसपाका सांसदले नाराबाजी गर्दै रोष्टम घेराउ गरेका थिए ।

सर्वोच्च अदालतले गरेको निर्णयपछि अब सरकारका लागि कांग्रेस र जसपा निर्णायक देखिएका छन् ।

 

Comments

Top