कोलोराडोमा अन्धाधुन्द गोली प्रहार, प्रहरीसहित ६ जनाको मृत्यु

colorado

कोलोराडो । अमेरिकाको कोलोराडोमा एक बन्दुकधारीको आक्रमणबाट ६ जनाको मृत्यु भएको छ ।

कोलोराडोस्थित एक ग्रोसरी स्टोरमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा एक प्रहरी अधिकारीसहित कम्तिमा ६ जनाको मृत्यु भएको छ।

स्थानीय समयअनुसार सोमबार दिउँसो बन्दुकधारीले ग्रोसरी स्टोरमा चलाएको गोली लागि एक प्रहरी अधिकारीसहित ६ जनाको मृत्यु भएको हो ।

द न्युयोर्क टाइम्सका अनुसार शंकास्पद बन्दुकधारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनी घाइते छन्। उनले किन आक्रमण गरेका हुन भन्ने खुलिसकेको छैन।

Comments

Top