बलिउडमा पुनः छिर्यो कोरोना, आमिर खानदेखि सतिश कौशिक भए संक्रमित

aamir khan

नयाँदिल्ली । बलिउड अभिनेता आमिर खान कोभिड–१९ संक्रमित भएका छन् । कोरोना पोजेटिभ पाइएपछि आमिर खान होम क्वारेन्टिन भएका छन् ।

आमिरका प्रवक्ताले भने, ‘आमिर खान कोरोना पोजेटिभ भएका छन् । उनी घरमा सेल्फ क्वारेन्टिनमा छन् र सबै प्रोटोकल्सको पालना गरिरहेका छन् । उनी ठिक छन् । उनको सम्पर्कमा आएका सबैले परीक्षण गर्नुपर्छ र सबै नियम पालना गर्नुपर्छ । तपार्ईंहरु सबैको प्रार्थनाका लागि धन्यवाद ।’

त्यस्तै अभिनेता तथा फिल्म निर्माता सतिश कौशिक पनि कोरोना पोजेटिभ पाइए । उनलाई अस्पतालमा भर्ना गरिएको छ ।

यसअघि रणबीर कपुर, वरुण धवन, अनुपम खेर, सञ्जय लीला भंसाली, अमिताभ बच्चन, ऐश्वर्या राय र अभिषेक बच्चनजस्ता कलाकारलाई पनि कोरोना संक्रमण भइसकेको छ । हालै अभिनेता कार्तिक आर्यन पनि कोरोना पोजेटिभ भएको खबर छ ।

Comments

Top