विराजको योगदान खेलजगतले सधैं सम्झनेछः सांसद बस्नेत

Mahesh (1)

भक्तपुर । नेपाल कम्युनिस्ट पार्टी एमालेका केन्द्रीय सदस्य एवं भक्तपुर क्षेत्र न. २ का प्रतिनिधि सभा सदस्य महेश बस्नेतले नेपाली फुटबल टोलीलाई बधाई दिएका छन् ।

त्रिदेशीय फुटबल कपको फाइनलमा नेपाललाई उपाधि दिलाउन सफल भएकोमा राष्ट्रिय टोलीलाई उनले बधाई दिएका हुन् ।

सोमबार साँझ राजधानीको दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा नेपाललाई बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै ३७ वर्षपछि पहिलोपटक उपाधि हात पारेको थियो ।

सांसद बस्नेतले खेलमा सहभाडी सबै खेलाडीका साथै पूर्वकप्तान विराज महर्जनलाई अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिए पनि नेपाली खेलजगतले सधैं विराजलाई सम्झने बताए ।

साथै बस्नेतले खेलअवधिभर खेलस्थलमै बसेर नेपाली खेलाडीहरुको हौसला बढाएकोमा प्रधानमन्त्री केपी शर्माप्रति आभार समेत व्यक्त गरे ।

Comments

Top