एमालेले गर्यो पाण्डे र भुषाललाई कारबाही, ६ महिना पार्टी सदस्यबाटै निलम्बित

Surnedra_Ghanashyam

 

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेले सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई पनि निलम्बन गरेको छ । पार्टीको बैठकले पाण्डे र भुषालको स्पष्टीकरण जवाफपछि चित्त नबुझेको भन्दै दुवैजनालाई ६ महिनाको लागि पार्टीबाट निलम्बन गरेको हो ।

यसअघि पार्टीका बरिष्ठ नेता समेत रहेका माधवकुमार नेपाल र भीम रावललाई पनि ६ महिनाको लागि निलम्बन गर्ने निर्णय गरेको थियो।

 

Comments

Top