गुल्मीका कर्मचारी चढेको जीप दुर्घटना हुँदा २ को मृत्यु

Jeep_Pyuthan

प्युठान । गुल्मीबाट प्युठानको स्वर्गद्वारी दर्शनका लागि जाँदै गरेकाहरु सवार जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

गुल्मी जिल्ला प्रशासन कार्यालयका कर्मचारी चढेको लु१ज १६५५ नं.को जिप बुधबार बिहान प्युठानको रुमाले भन्ने स्थान नजिकै दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।

जीपमा सवार १२ जनालाई उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा पठाइएको छ । दुर्घटनास्थल स्वर्गद्वारी नजिकै पर्दछ । त्यहाँ भिङ्ग्रीको प्रहरी टोली उद्धारमा खटिएको छ ।

Comments

Top