आज माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

mao_1

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समितिको बैठक आज दिउँसो बस्ने भएको छ ।

समसामयिक राजनीतिक विषयमा छलफल गर्न माओवादी केन्द्रले आजका लागि स्थायी समितिको बैठक बोलाइएको जनाइएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।

केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार समसामयिक राजनीतिक विषय र पार्टीको आगामी योजनाबारे छलफल गर्न बैठक बोलाइएको हो ।

 

Comments

Top