बरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण

Madan

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण पुष्टी भएको छ । श्रेष्ठले आफूसहित परिवारका सदस्यहरूमा संक्रमण देखिएको फेसबुकमार्फत् जानकारी गराएका छन्।

‘मलगायत छोरा, छोरी, बुहारी र नातिनी पाँचै जनालाई कोरोना पोजेटिभ देखिएको छ,’ उनले भनेका छन्। साथै उनले कोरोना लागेपछि सास्ती हुने उल्लेख गरेका छन्।

‘कोरोना भइसकेपछि सास्ती हुने रहेछ त्यसैले यो भाइरसलाई खेलाँची नगर्नु होला,’ उनले भनेका छन्, ‘जति सकिन्छ कोरोनाबाट सतर्क रहनु होला।’

Comments

Top