ओलीको निम्तोमा सँगै खान बसेका बामदेव ओलीले नसकाउँदै बालुवाटारबाट बाहिरिए

KP_Bamdev

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम अध्यक्ष केपी शर्मा ओलीले आफू पछि नहट्ने बताएपछि ओलीसँग 'बिच्किएका' छन् ।

बिहीबार साँझ ओलीको निमन्त्रणामा बालुवाटार पुगेका गौतमले डिनरकै क्रममा ओलीलाई फागुन २८ को निर्णय फिर्ता लिन अनुरोध गरे पनि ओलीले त्यसमा आफू पछि नहट्ने बताएपछि बामदेव बालुवाटारबाट निस्किएको जनाइएको छ ।

गौतमले प्रेस सल्लाहकार विश्वमणि सुवेदीको फेसबुकमार्फत आफूले फागुन २८ को निर्णय फिर्ता गर्न राखेको प्रस्तावलाई ओलीले अस्वीकार गरेपछि डिनर नसकिँदै बालुवाटारबाट बाहिरिएको जनाएका छन् ।

सुवेदीले सार्वजनिक गरेको तस्बिरमा केपी ओलीले खाना खाँदै रहेको अवस्थामा बामदेव उठेर हिँड्न लागेको देखिएको छ । जुन नेपाली र अन्य परम्परामा पनि असामान्य मान्ने गरिन्छ ।

बामदेवले अगाडि भने, ‘तपाइले गर्नु भएको अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरें। उहाँले ती निर्णय फिर्ता हुदैनन् भन्नुभयो। त्यसो भए म तपाईंसँग आउन पनि सक्दिन भनेर जवाफ दिए। डिनर चल्दै थियो नमस्कार गरेर म विदा भएँ’ ।

 

सबैको जानकारीका लागि हिजो ९ गते क. केपीसँग बेलुकी ८ वजे प्रधानमन्त्री निवास बालुवाटारमा डिनर मिटिङ भयो। उहॉले पार्टी...

Posted by Bishwamani Subedi Bimasu on Thursday, April 22, 2021

Comments

Top