यी बुँदा पास गर्दै सम्पन्न भयो एमाले महाधिवेशन आयोजक कमिटीको भेला (बुँदाहरुसहित)

Emale_bhela

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेको १०औं महाधिवेशन आयोजक कमिटीको बैठकले १४ वटा महत्वपूर्ण निर्णयहरु गर्दै सम्पन्न भएको छ ।

आज पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतमा बालुवाटारमा भएको बैठकले १४ वटा निर्णयहरु गर्दै सम्पन्न भएको परराष्ट्र मन्त्री तथा एमालेका प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए ।

प्रवक्ता ज्ञवालीका अनुसार एमालेको १०औं महाधिवेशन आयोजक कमिटीको निर्णयहरु निम्नानुसार रहेका छन्,
१. अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन तथा महासचिव इश्वर पोखरेलद्वारा प्रस्ुतत संगठनात्मक प्रतिवेदनमा सुझावलाई ग्रहण गर्दै अन्तिम रुप दिएको,
२. तत्कालका लागि १९ जनाको स्थायी कमिटी गठन गरेको र आवश्यकता अनुसार थप गर्ने । स्थायी कमिटीमा केपी शर्मा ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा बादल, विष्णुप्रसाद पौडेल, किरण गुरुङ, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, शंकर पोखरेल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, सत्यनारायण मण्डल, मणि थापा, विष्णु रिमाल, छबिलाल विश्वकर्मा, रघुवीर महासेठ, केशब बडाल र पुष्पराज कँडेल रहनुभएको छ,
३. केन्द्रीय कमिटीका सदस्यहरुको कार्यविभाज । जसमा केहीलाई भुगोल, विभाग तथा जनसम्पर्कको जिम्मेवारी दिइएको,
४. कर्णाली प्रदेशमा वैशाख ३ गते भएको प्रदेशसभामा एमाले दलको ह्विप उलंघन गर्ने सांसदहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमर थापा र कुर्मराज शाहीलाई साधारण सदस्यता तथा सांसद पदसमेत नरहने गरी कारवाही । प्रदेशसभालाई समेत जानकारी गराउने,
५. कर्णाली प्रदेशका देवी ओलीलाई थप स्पष्टीकरण सोध्ने तथा माधव नेपाल समूहका २७ जना सांसदहरुले बुझाएको स्पष्टीकरणलाई थप अध्ययन गरी कारवाही अगाडी बढाउने गरी स्थायी कमिटीलाई जिम्मेवारी प्रदान,
६. माधव समूहलाई समानान्तर गतिविधि रोक्न पुनः आव्हान, समानान्तर कमिटीबाट अलग हुन आव्हान, आत्मा समिक्षा गरी पार्टीको मुल प्रवाहमा फर्कनेलाई उचित व्यवस्था गरी अगाडी बढ्ने,
७. जनप्रतिनिधिहरुले आफुलाई मत दिन जनताको भावनालाई कडाईका साथ सम्मान गर्न निर्देशन,
८. पार्टीमा भएको संकटको समयमा दृढतापूर्वक साथ र सहयोग गर्ने नेता तथा कार्यकतालाई विशेष धन्यवाद व्यक्त,
९. निकट भाविष्यमा नै हुने लागेको उपनिर्वाचनमा मातहतका सवै कमिटीहरुलाई एक ढिक्का भई लाग्न निर्देशन,
१०. विप्लव समूह र सरकारबीच भएको सहमतिलाई पालना गर्दै उक्त कार्यको स्वागत तथा धन्यवाद व्यक्त,
११. कोरोना नियन्त्रणको लागि सरकारद्वारा प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह साथै पार्टीले कोरोना नियन्त्रण गर्न आवश्यक पर्ने सम्पूर्ण कदमहरु दृढताका साथ सरकारलाई साथ र सहयोग गर्ने, स्वास्थ्य सतर्कता अपनाउन आम नागरिकलाई अपिल,
१२. कोरोना नियन्त्रण गर्न विशेष गरी स्थानीय तहमा जनचेतनामूलक गतिविधि गर्ते तथा विदेशबाट आएका नागरिकको जानकारी गराउन अपिल, क्वारेन्टाईनको व्यवस्थापनलाई व्यवस्थित गर्ने,
१३. देश र पार्टीको लागि योगदान गर्दा गर्दै दिवगंत हुनुभएका स्व। नेताहरुलाई हार्दिक श्रद्धाञ्जली तथा उपचार गराइरहनुभएका नेताहरुको शिघ्र स्वास्थ्य लाभको कामना व्यक्त,
१४. आगलागी, वाढीपहिरो लगायतका विपत्तिमा परेका जनतालाई आवश्यक राहतलाई विशेष प्राथमिकतामा राख्न सरकारलाई आग्रह,

 

प्रतिक्रिया

सम्बन्धित