‘लिटिल स्टार’को ताज रिमिक्षा, सम्पदा र सान्द्रालाई

काठमाडौं : रिमिक्षा रेग्मी, सम्पदा सत्याल र सान्द्रा बुढाथोकीले ‘लिटिल स्टार २०१७’को उपाधि जितेका छन् । कोलम्बस स्कुलकी रिमिक्षाले स्मल, काठमाडौं बिद्याकुन्जकी सम्पदाले मिडिल र रुपिज स्कुलकी सान्द्राले बिगतर्फको उपाधि जितेका हुन् ।

शीर्ष विजेता तीन जना सबैलाई रुपिज स्कुलकी निर्देशक रुपिज सिंह र सिभिल बैंकका सिइयो किशोर महर्जनले नगद दश हजार, ट्रफिका साथमा बिभिन्न उपहार प्रदान गरे ।

स्मल ग्रुपतर्फ रुपिज स्कुलका रुद्राक्ष झा फष्ट रनरअप र अर्थवा जेवी पाण्डे सेकेन्ड रनरअफ चुनिदा मिडिल ग्रुपतर्फ रुपिज स्कुलका सम्पूर्ण रेग्मी फष्टरनर अफ र रोज वर्ड स्कुलका श्रृजित श्रेष्ठ सेकेन्ड रनरअप घोषित भए ।प्रतियोगितामा बिगतर्फ फष्ट रनरअफ र सेकेन्ड रनरअफ क्रमशः विल्सन स्कुलकी एस्वेश्री गिरी र त्रियोग स्कुलका लिसा डंगोल विजेता बने । गायिका संगीता राना प्रधान, नृत्य निर्देशक कमल राई, हेर स्टाइलिस निल डेबिट कटुवाल, किस्टर नेपाल सुरज चिल्वाल, मोडल जोत्सना योगी, अस्मिता लामिछाने, मिस एभरेष्ट आकांक्षा भट्टराईलगायत प्रतियोगितामा निर्णायक रहेका थिए । ६ देखि १४ वर्षसम्मका ७२ बालबालिकाले अन्तिमस्पर्धा गरेको प्रतियोगितामा ६ देखि ८ स्मल ग्रुप, ९ देखि ११ मिडिल ग्रप र १२ देखि १४ वर्षसम्मका बालबालिकालाई बिग गु्रप गरेर तीन भागमा बिभाजन गरिएको थियो ।

Comments

Top