उपत्यकामा २ हजारसहित देशभर थप ४८९७ जनामा कोरोना संक्रमण

Corona_Update

काठमाडौं । नेपालमा गत २४ घण्टामा थप ४८९७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्न प्रयोगशालाहरुमा १३ हजार ​८७९ जनाको पीसीआर र ९५५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ४७७४ र १२३ जनामा संक्रमण पुष्टि भएको हो । योसँग नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार २०९ पुगेको छ ।

काठमाडौँ उपत्यकामा थप २ हजार ४७ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा भक्तपुरमा २३२, ललितपुरमा ३५१ र काठमाडौँमा १४६४ जना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा ७७३ जना संक्रमणमुक्त भएका छन् ।

 

Comments

Top