अस्पतालको शैय्याबाट मदनकृष्णको भावुक सन्देशः 'सबैलाई एकपल्ट माया पोख्न मन लागिरहेकोछ'

Madan

काठमाडौं । कोरोना संक्रमण भएपछि अस्पतालमा भर्ना भएका बरिष्ट कलाकार मदनकृष्ण श्रेष्ठले पूर्वराजा ज्ञानेन्द्र शाहको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

सामाजिक सञ्जालमा फेसबुकबाट कलाकार श्रेष्ठले आफ्नो शरीर पनि कोरोनाका कारण गलिरहेको यस परिवेशमा ‘राजा ज्ञानेन्द्रलगायत राजपरिवारप्रति पनि शिघ्र स्वास्थ्यको कामना व्यक्त गर्न मनिलागिरहेछ,’ भनेका छन् ।

उनले सामाजिक सञ्जालमा सबैका लागि माया पोख्न मन लागिरहेको बताउँदै भावुक अभिव्यक्ति दिएका छन् ।

उनले लेखेका छन्,आफ्नो शरिर सिंगै कोरोनाले गलेर लल्याकलुलुक, फत्ल्याक फुत्लुक भईरहेको बेला सबैलाई सम्झेर मन भाबुक भैरहेकोछ आज सबैलाई एकपल्ट माया पोख्न मन लागिरहेकोछ।

राजा ज्ञानेन्द्र लगायत राजपरिबार प्रति पनि सिघ्र स्वास्थ्यको कामना ब्यक्त गर्न मनलागिरहेछ।

Get well soon राजन

Respect you.

Love you.

Madan Krishna Shrestha'

Comments

Top