छोरीको कन्ट्रयाक्ट ट्रेसिङमा परेका खानेपानी मन्त्री थापालाई कोरोना संक्रमण

Mani thapa

काठमाडौं । छोरीलाई कोरोना संक्रमण पुष्टी भएपछि गरिएको परिक्षणमा खानेपानी मन्त्री मणि थापालाई पनि कोरोना पुष्टि भएको छ । बिहीबार स्वाबको नमूना परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको हो ।

चार दिन अगाडि थापाकी छोरी कोरोना संक्रमण देखिएपछि मन्त्री थापासहित उनको सचिवालयमा रहेका १० जनाको स्वाब संकलन गरी परीक्षण गरिएको थियो ।

‘शुक्रबार विहान आएको रिपोर्टमा संक्रमण देखियो,’ थापाको सचिवालय स्रोतले भन्यो । उनको स्वास्थ्य सामान्य रहेको र उनी निवासमै आराम गरिरहेको उनको सचिवालयले जनाएको छ ।

Comments

Top