हवाईउडान रोक्न सरकारलाई सीसीएमसीको सिफारिस, आगामी मन्त्रीपरिषद्ले निर्णय गर्ने

काठमाडौं । पछिल्लो समयमा कोरोना संक्रमितको संख्या अत्याधिक मात्रामा बढ्दै गइरहेको अवस्थामा कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) ले अन्तराष्ट्रिय र आन्तरिक उडान रोक्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको छ ।

सीसीएमसीको बैठकले संक्रमण भयावह बन्दै गएको निष्कर्षसहित हवाइ उडान रोक्नुपर्ने निष्कर्ष निकालेको हो ।

सीसीएमसीका संयोजक एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा प्रस्तुत गर्ने उक्त प्रस्तावपछि मन्त्रीपरिषद्ले निर्णय गर्नेछ ।

अहिलेसम्म ५ सय भन्दा बढी संक्रमित थपिएका जिल्लाहरुमा निषेधाज्ञा लागू गरिए पनि हवाई उडान भने बन्द गरिएको छैन । तर पछिल्ला समय अत्याधिक मात्रामा संक्रमितको संख्या बढ्दै जान थालेपछि हवाई उडान पनि बन्द गरिनुपर्ने जनाइएको छ ।

Comments

Top