कोरोनाबाट गीतकार कार्कीको निधन

Chetan Karki

काठमाडौं । कवि, गीतकार, उपन्यासकार एवं चलचित्रकर्मी चेतन कार्कीको निधन भएको छ । ८४ वर्षीय कार्कीलाई ज्वरो आएर छाउनीस्थित सैनिक अस्पतालमा उपचाररत अवस्थामा निधन भएको जनाइएको छ ।

गत १६ गते देहरादूनबाट काठमाडौं आएका उनलाई ज्वरो आए पछि अस्पताल भर्ना गरिएको कलाकार मोहन निरौलाले बताए ।​

Comments

Top