खुशीको कुराः थपिने संक्रमितभन्दा निको हुनेको संख्या दोब्बर, ३४७९ संक्रमित हुँदा ६३३६ कोरोनामुक्त

Nepal_Corona_MN

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ४७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार देशैभरका प्रयोगशालामा १० हजार ४७१ पीसीआर परीक्षणबाट ३०२४ र ३२६२ एन्टिजेन परीक्षणमा ४५५ जना गरी ३ हवार ४७९ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६हजार ६३६ जना संक्रमणमुक्त भएका छन् । संक्रमणबाट ९९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै काठमाडौ उपत्यकामा आज १ हजार १ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौमा ७ सय ३१, भक्तपुरमा १ सय ४६ र ललितपुरमा २५४ गरी १ हजार १ सय ३१ जनामा कोरोना पुष्टि भएको हो ।

Comments

Top