पाकिस्तानमा रेल दुर्घटना, ३० को मृत्यु, दर्जनाैं घाइते

Pakistan_Rail

इस्लामाबाद । पाकिस्तानमा दुई वटा यात्रुवाहक रेल जुध्दा कम्तीमा ३० जनाको ज्यान गएको छ भने दर्जनौँ घाइते भएका छन्।

एउटा रेल लिकबाट बाहिरिएपछि दोस्रो रेल त्यसमा जोतिन आइपुगेको अधिकारीहरूले बताएका छन्।

उक्त दुर्घटना सिन्ध प्रान्तमा भएको थियो।उद्धारमा खटिएका टोलीहरूले घाइतेहरूलाई नजिकैका अस्पताल लगेका छन्। कैयन् घाइतेहरूको अवस्था गम्भीर रहेको बताइएको छ।

घोट्की जिल्लाका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै दुर्घटनामा आठ वटा डिब्बा ध्वस्त भएको र त्यसकारण फसेका यात्रुलाई निकाल्न कठिनाइ भएको बताइएको छ।

दुर्घटनाको कारण भने प्रस्ट भएको छैन। वरपरका अस्पतालहरूलाई तयारी अवस्थामा रहन सजग गराइएको छ।

सोमवार सबेरै कराचीबाट आइरहेको मिल्लत एक्सप्रेस रेल लिकबाट बाहिरिएको थियो। लगत्तै रावलपिण्डीबाट आइरहेको सर सैयद एक्सप्रेस रेल त्यसमा जोतियो र पल्टियो।

 

Comments

Top