यी हुन् कोरोनाबाट सबैभन्दा मानवीय क्षति ब्यहोर्ने मुलुकहरू

Corona_Countries

काठमाडौं । विश्वभर कोरोना भाइरसका कारण १७ करोडबढी संक्रमित भइसकेका छन् भने ३७ लाख भन्दा बढीले ज्यान गुमाइसकेका छन् । पछिल्ला दिनमा कोरोना संक्रमित हुनेको संख्या र कोरोनाबाट ज्यान गुमाउनेको संख्या घट्दै गइरहेको छ ।

हालसम्म विश्वभरमा अमेरिका सबैभन्दा मानवीय क्षति ब्यहोर्ने मुलुक बनेको छ भने त्यसपछि ब्राजिल रभारत क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

विश्वमा सबैभन्दा धेरै संक्रमित हुने र ज्यान गुमाउने अमेरिकामा रहेका छन् भने त्यसपछि संक्रमितमा भारत र मृतकमा ब्राजिल रहेका छन् । अमेरिकामा हालसम्म ३ करोड ४२ लाख २७ हजार २ सय ३७ जना संक्रमित भएका छन् भने ६ लाख १२ हजार ७ सय १ जनाको मृत्यु भएको छ ।

त्यस्तै भारतमा हालसम्म २ करोड ८९ लाख ९६ हजार ९ सय ४९ जना संक्रमित पुगेका छन् भने ३ लाख ५१ हजार ३ सय ४४ जनाको मृत्यु भएको छ । हालसम्म भारतमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ करोड ७३ लाख ३६ हजार ७९९ जना रहेका छन् ।

भारतमा दुई महिनायताकै सबैभन्दा कम कोरोना संक्रमित देखिएका छन् । भारतमा पछिल्लो २४ घन्टामा एक लाभन्दा कम संक्रमित थपिएका छन् । पछिल्लो तथ्यांकअनुसार भारतमा ८७ हजार ३४५ जना नयाँ संक्रमित थपिएका छन् भने २ हजार ११५ जनाको मृत्यु भएको छ ।

त्यस्तै ब्राजिलमा भने १ करोड ६९ लाख ८५ हजार ८१२ जना संक्रमित भएका छन् भने ४ लाख ७४ हजार ६ सय १४ जनाले ज्यान गुमाइसकेका छन् ।

पछिल्लो २४ घन्टामा विश्वभर ३ लाख १० हजार ७ सय ८० जना संक्रमित थपिएका छन् भने ७ हजार ८८५ जनाको मृत्यु भएको छ ।

हालसम्म विश्वभर १७ करोड ४३ लाख ६६ हजार २ सय ४१ जना संक्रमित पुगेका छन् भने ३७ लाख ५१ हजार ८ सय ३० जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।

संक्रमितको संख्यामा ब्राजिलपछि फ्रान्स, टर्की, रसिया, बेलायत, इटाली, अर्जैन्टिना र जर्मन क्रमशः चौथो, पाँचौं, छैटौं, सातौं, आठौ, नवौं र दशौं स्थानमा रहेका छन् । संक्रमित हुनेको सूचीका टप–३ देशहरुबाहेक अन्य देशहरुमा ६० लाख भन्दा कम संक्रमित छन् भने ती ३ देशहरुमा १ करोड ७० लाख भन्दा बढी संक्रमित रहेका छन् ।

त्यस्तै सबैभन्दा बढी मृत्यु बेहोरेको अमेरिका, ब्राजिल र भारतपछि क्रमशः मेक्सिको, पेरु, बेलायत, इटाली, रसिया, फ्रान्स र कोलम्बिया क्रमशः चौथो देखि दशौं स्थान सम्म रहेका छन् । 

Comments

Top