अराज केशवद्वारा निर्देशित ‘जालो’को टीजर रिलीज(भिडियो )

jaloकाठमाडौं । आगामी जेठ १९ मा रिलीज हुन लागेको नेपाली फिल्म ‘जालो’को टीजर रिलीज भएको छ ।

 विश्वकै लामो फिल्मको रुपमा बिश्व रेकर्ड राख्ने उद्देश्यका साथ बनेको ‘जालो’ दुई घण्टामा खिचिएको भएपनि फिल्ममा गीत तथा द्वन्द्व समेत छन् ।

 अराज केशवद्वारा निर्देशित 'जालो'मा अनुपविक्रम शाही, मेनुका प्रधान, मुना गौचन, प्रकाश श्रेष्ठ, नीर शाह, रेमन दाश श्रेष्ठ, निराजन प्रधान, मुक्ताराम आचार्य, भिष्म जोशीको मुख्य भूमिका रहेको छ । 

  हरी लामाको छायांकन रहने चलचित्रलाई बनिश शाहले सम्पादन गरेका छन् । चलचित्रलाई अराज केशव र मोहित मुनालले संयुक्त निर्माण गरेका छन् । फिल्म रिलीज अगावै प्रिमियर गरी विश्व रेकर्ड राखिने भएको छ ।

https://www.youtube.com/watch?v=a0UL7X6HrE8

Comments

Top