उपत्यकामा ९१५ सहित देशभर थप ४३४४ जनामा कोरोना संक्रमण, ५७६८ संक्रमण मुक्त, ८१ को मृत्यु

Nepal_Corona_MN

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा संक्रमित हुनेको संख्या ४३४४ जना पुगेका छन् ।

त्यस्तै पछिल्लो २४ घन्टामा ५ हजार ७६८ जना कोरोना मुक्त भएका छन् भने ८१ जनाको मृत्यु भएको जनाइएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १२०७४ जना पीसीआर विधिबाट परिक्षण गरिएको थियो भने ४५६८ जनाको एन्टीजेन विधिबाट परिक्षण गरिएको जनाइएको छ । पीसीआर परिक्षणबाट ३४४९ र एन्टीजेन विधिबाट ८९५ जना गरी ४३४४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

उपत्यमामा भक्तपुरमा ८५, ललितपुरमा १५१, काठमाडौंमा ६७९ जना गरी ९१५ जना संक्रमित भएका छन् ।

Comments

Top