भ्रममा नपरौं म जहाँ छु त्यही छु र म जे छु त्यही छुः नेता बस्नेत

Mahesh_12

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य एवं युवा नेता महेश बस्नेतले आफ्नै सहयोद्धा साथीहरु नै आफ्नो विरोधमा रहेको बताएका छन् । पछिल्ला दिनमा मन्त्री बन्ने समाचार आईरहँदा प्रधानमन्त्री ओलीले बिहीबार थप गरेको मन्त्रीमण्डलमा नपरेपछि बस्नेतले उक्त कुरा बताएका हुन् ।

बस्नेतले आफ्नो स्टाटसको अन्तिममा केही सञ्चारमाध्यमहरुसँग पनि असन्तुष्टी जनाएका छन् । उनले आफूले मन्त्री नपाए गुट परिवर्तन गर्न लागेको अफवाह फैलाएकोमा असन्तुष्टी जनाउँदै, ‘त्यस्तो भ्रममा नपरौं, म जहाँछु त्यही छु र म जे छु त्यही छु। अझै जोस जाँगर र उर्जाका साथ लाग्नेछु,’ भनेका छन् ।

उनले आफ्नो सफलता देख्न नसक्नेहरुले आफ्नो राजकाज सकिन्छ भनेर विरोध गर्ने गर्दछन्, जसले गर्दा आफू झन सचेत भएर अगाडि बढ्ने प्रेरणा मिलेको बताउँछन् । आफूले पार्टीभित्रका मात्र नभएर पार्टी बाहिरका नेताहरुलाई पनि दबाब र प्रभाव पर्ने गरी आफूले काम गर्दै भक्तपुरका मात्र नभई देशभरका युवाहरुको मन जित्न सकेको दाबी गरेका छन् ।

बस्नेतले आफू पदका लागि भन्दा पनि जहिले पनि जनताको लागि पार्टीको नीति, नेतृत्व र निर्देशनमा अगाडि बढीरहेको बताएका छन् । बस्नेतले आफूले बस्नेतले पटक पटकको मन्त्रीमण्डलको पुनर्गठनमा आफ्नै चर्चा हुने तर आफ्नै सहयोद्धाहरु आफूलाई मन्त्री नबनाउने र बनाउँदै हुँदैन भनेर ब्यापक लाग्ने गरेको बताए । उनी भन्छन्,' पटक पटकको मन्त्री मण्डलको पुनरगठनमा मेरो नाम ब्यापक चर्चा हुने गर्दछ। मेरो सहयोद्धा  कमरेडहरु बनाउने पक्षमा र बनाउँनै हुदैन भन्ने पक्षमा ब्यापक लाग्नु हुन्छ। हो । मेरो सफलतामा आफ्नो भलो र कोही आफ्नो राजकाज सकिन्छ भन्ने ठान्छन् ।’

 

बस्नेत लेख्छन्ः

मेरो राजनैतिक जीवनमा पद प्राप्ति ठुलो बिषय कहिले बनेन्। पार्टी निति , नेतृव र निर्देसन सदैब पालना गरेर अगाडि बडेको छु। परिभाषित काममा सदैब आफ्नो दक्षता देखाएको छु। पार्टी भित्र मात्र होइन बाहिरका मान्छेलाई समेत प्रभाब र दबाब पर्ने गरी काम गरेको छु। आफ्नो निर्वाचन क्षेत्र भक्तपुरमा आम जनताको र देशभरको एमाले कर्यकर्ता र युवा पंक्तिको मन जितेरै बसेको छु। पटक–पटकको मन्त्री मण्डलको पुनरगठनमा मेरो नाम ब्यापक चर्चा हुने गर्दछ्। मेरो सहयोद्धा  कमरेडहरु बनाउने पक्षमा र बनाउनै हुदैन भन्ने पक्षमा ब्यापक लाग्नु हुन्छ्। हो।मेरो सफलतामा आफ्नो भलो र कोही आफ्नो राजकाज सकिन्छ भन ठान्छन । मेरो बिरोधि साथीहरुलाइ झन धेरै धन्यवाद छ ।जस्को कारण म हरेक पलमा सचेत भएर कदम चाल्दछु।त्यो नै महिले सिकेको सिकाई हो र उपलब्धि पनि१

 कतिपय मिडियाले मेरो नाम जोडेर म आक्रोसमा छु। गुट फेर्दैछु जस्ता समाचार लेखिरहेका छन्। तेस्तो भ्रममा नपरौ म जहाँछु तेही छु र म जे छु तेही छु। अझै जोस जाँगर र उर्जाका साथ लाग्नेछु। मेरो राजनैतिक जीवनमा बिकाश गर्न खोजेको नयाँ अभ्यास समय क्रममा थप पुष्टी हुनेछ्।

Comments

Top