पछिल्लो २४ घन्टामा ३७४९ मा कोरोना संक्रमण, ५२९३ कोरोनामुक्त, ५९ जनाको मृत्यु

Nepal_Corona_MN

काठमाडौं । नेपालमा कोरोनाबाट संक्रमित हुनेको अहिलेसम्म संख्या ६ लाख नाघेको छ । २०७७ माघ १० गते पहिलो पटक एक जनामा देखिएको संक्रमण हालसम्म आइपुग्दा पीसीआर परिक्षणमा ६ लाख नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ७४९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै हालसम्म पीसीआर परिक्षणमा ६ लाख १ हजार ६८७ जना र एन्टीजेन परिक्षणमा १७ हजार ७१४ जनामा पोजेटिभ देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ५२९३ निको भएका छन् । यससँगै हालसम्म नेपालमा ५ लाख १५ हजार ५ सय ९१ जनाले कोरोनालाई जितेका छन् ।

त्यस्तै नेपालमा पछिल्लो २४ घन्टामा ५९ संक्रमितको मृत्यु भएको छ । कोरोनाकै कारण ८ हजार २ सय ३८ को ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

 

Comments

Top