मन्त्री पाण्डेको नेतृत्वमा 'भक्तपुर रक्तसंचार टाष्कफोर्स' गठन

Blood_Bhaktapur

भक्तपुर । कोभिड महामारीको विषम परिस्थितिका विच रेडक्रस भक्तपुरले जिल्ला रेडक्रस सोसाईटीका मन्त्री प्रशुराम पाण्डेको संयोजकत्वमा एक विशेष अधिकार सम्पन्न भक्तपुर रक्तसंचार टाष्कफोर्स गठन गरेको छ ।

रगत अभावको कारण कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भन्ने हेतु गठन गरिएको टाष्कफोर्सका सदस्यहरुमा जिल्लाको विभिन्न उपशाखाका सभापतिहरु सोम प्रसाद प्रधान,राकेश थापा,कल्पदिप खड्का,दिवाकार सिलवाल,निर्मला थापा,विदुर नेपाल, संघ संस्थाहरुको तर्फबाट पातञ्जल योग समिति नेपालका केन्द्रिय महासचिव नबराज काफ्ले र रेडक्रस सोसाईटी भक्तपुरका कार्यालय प्रमुख उमा थापालाई सदस्य सचिवको रुपमा मनोनय गरिएको रेडक्रस सोसाईटी भक्तपुर शाखाका सभापति मनोज कुमार थापाले अवगत गराए ।

भर्चुअलमाध्यमबाट गरिएको छलफलमा अहिलेको कोरोना महामारीका समयमा रक्तदाताहरुको अभाव हुने भएकोले संक्रमित र अन्य बिरामीहरुलाई पनि रगतको अभाव हुनसक्ने समस्यालाई मध्यनजर गर्दै टास्कफोर्स गठन गरिएको जनाइएको छ ।

अबका दिन भक्तपुर जिल्लाभर रक्तदान संकलन कार्यले थप तिब्रता पाउने अपेक्षा राख्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी,सुरक्षा निकायका प्रमुखहरु एवं स्वास्थ्य कार्यालयका प्रमुखले टाष्कफोर्सको अभियानमा पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

जिल्ला रेडक्रस सभापति मनोज कुमार थापाको प्रमुख आतिथ्यताका विच  रेडक्रस दुवाकोट शाखाका सभापति एवं रक्तसंचार टाष्कफोर्सका सहसंयोजक सोम प्रधानको अध्यक्षता एवं पातञ्जल योग समिति नेपालका महासचिव नबराज काफ्लेको सञ्चालकत्वमा निर्धारित अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरिएको थियो ।

Comments

Top