उपत्यकामा ११४० सहित पछिल्लो २४ घन्टामा ३७५० संक्रमित, ५२२५ संक्रमणमुक्त

Nepal_Corona_MN

काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ७५० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ५२२५ निको भएका छन् भने ६७ संक्रमितको मृत्यु भएको छ ।

आज थपिएकासँगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या ६ लाख ४ हजार ३९६ पुगेको छ । जसमध्ये ५ लाख २० हजार ८१६ जना निको भएका छन् भने ८३०५ जनाको मृत्यु भएको छ ।

आज थपिकामध्ये काठमाडौं उपत्यकाका ११४० जना रहेका छन् । काठमाडौंमा ९२१, भक्तपुरमा ५६ र ललितपुरमा १६३ जनालाई पोजेटिभ देखिएको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार ५९८ र ५ हजार ५८४ जनाको एन्टीजेन परीक्षण भएको छ ।

 

Comments

Top