केपी ओलीको लागि मर्न र मार्न हजारौं समर्थक आफ्नो ज्यान दिन तयार छन्ः पूर्वमन्त्री बस्नेत

Mahesh (1)

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको षडयन्त्र गरेको बताउँदै त्यसको प्रतिवादका लागि हजारौं कार्यकर्ता र शुभचिन्तक आप्mनो ज्यान दिन तयार भएको बताएका छन् ।

बस्नेतले सामाजिक सञ्जालमा लेख्दै कांग्रेसका प्रदेश सभा सदस्य नरोत्तम वैद्यले ‘नाथुराम गोडसे बन्न तयार छु’ भनेको अभिव्यक्ति दिएपछि त्यसको कडा प्रतिवाद गर्दै सरकारले वैद्यलाई तुरुन्त पक्रेर कारबाही गर्न अनुरोध समेत गरेका छन् ।

‘नेपाली कांग्रेसले महात्मा गान्धीलाई जस्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने षडयन्त्र बनाएको हो त ?’ भन्दै बस्नेतले त्यसको प्रतिवादका साथै केपी ओलीको लागि मर्न र मार्न हजारौं समर्थक र शुभचिन्तक तयार रहेको बताएका छन् ।

उनले अगाडि भनेका छन्, ‘के पी ओलीलाई मार्ने योजना बनाईरहदा याद गर उहाँको लागि मर्न र मार्न तयार भएका हजारौ समर्थक र शुभचिन्तक आफ्नो ज्यान दिन तयार छन् ।’

बस्नेतले प्रदेश सभामै यस्तो अभिव्यक्ति दिने उपर जनताले सडकमै प्रतिरोध गर्न पनि सक्ने बताउँदै अप्रिय घटना हुनुभन्दा अगाडि नै सरकार सचेत हुनुपर्ने बताएका छन् ।

 No description available.

बस्नेतको स्टाटसः 

माहात्मा गान्धीलाई जस्तै प्रधानमन्त्री के पी शर्मा ओलीलाई मार्ने षडयन्त्र कांग्रेसले बनाएको हो त ? गान्धीका हत्यारा नाथुराम गोडसे बन्न तयार छु भनेर कांग्रेसको नरोत्तम बैद्यले प्रदेश शभामा खुल्लम खुल्ला बोलिरहेका छन्। यो मान्छेलाई तुरुन्त पक्राउ गरेर सरकारले कारबाही गर्नु पर्दछ। अन्यथा जनताको आक्रोश प्रकट भएर यस्ता ब्यक्तीलाई सडकमै प्रतिराेध गर्न सक्छन। त्यस्तो अप्रीय घटना घटनु भन्दा अगाडी सरकार सचेत हुनु पर्दछ। के पी ओलीलाई मार्ने योजना बनाईरहदा याद गर उहाँको लागि मर्न र मार्न तयार भएका हजारौ समर्थक र शुभचिन्तक आफ्नो ज्यान दिन तयार छन । मदन भण्डारीको रहस्यमय हत्याबाट प्रताडित जनसमुदाय र एमाले कार्यकर्ता आफ्नो नेताको रक्षा गर्न जे गर्न पनि तयार छन।
 

 

Comments

Top