नरोत्तम वैद्यको अभिव्यक्तिविरुद्ध भक्तपुरमा प्रदर्शन

No description available.

भक्तपुर । बागमतीको प्रदेशसभा बैठकमा कांग्रेस सांसद नरोत्तम बैद्यले माहात्मा गान्धीलाई जस्तै प्रधानमन्त्री के पी शर्मा ओलीलाई मार्ने षडयन्त्र बनाएको अभिव्यक्ति व्यक्त गर्दै, गान्धीका हत्यारा नाथुराम गोडसे बन्न तयार छु, भनेर प्रदेश सभामा खुल्लम खुल्ला बोलेर आफ्नो अराजनीतिक र गैरजिम्मेवारी पन देखाएको विषयलाई लिएर भक्तपुर जिल्लाका अनेरास्ववियुमा आबद्ध विद्यार्थीहरु दबाब सहितको शान्तिपूर्ण विरोध प्रदर्शनीमा उत्रिएका छन् ।

प्रदर्शनका क्रममा विद्यार्थीहरुले हातमा पोस्टरहरु बोक्दै राजनेता केपी ओलीको सुरक्षाको लागि हामी वलिदान दिन तयार छौं । गाँजा र मदिराको ताले शैलिमा अभिव्यक्ति दिने नरोत्तम बैध मुर्दावाद जस्ता नारा लगाएका थिए ।

विद्यार्थीहरुले प्रधानमन्त्रीलाई ज्यान मार्ने धम्की दिने संसदलाई फैजदारी कानुन अनुसार कार्वाहीको मागको माग गर्दै वैद्यलाई संसद नभई मानसिक अस्पताल जान सुझाएका छन् ।

विद्यार्थीहरुले प्रजातान्त्रिक धारमा विश्वास गर्ने तर वाणी चाँहि हत्याराको जस्तो आपराधिक अभिव्यक्तिप्रति रोष प्रकट गरेका छन् ।

अनेरास्ववियु केन्द्रीय कमिटीका सदस्य दिपेश विसुन्केको अगुवाईमा सम्पन्न विरोध सभामा केन्द्रीय सदस्य नवीन शर्मा, नगर सचिव श्रीकृष्ण थापा लगायत विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

Comments

Top