नेपालमा पछिल्लो २४ घन्टामा २८२८ संक्रमित, ३०८२ कोरोनामुक्त, ५२ को मृत्यु

Corona_Test

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा २८२८ संक्रमित थपिएका छन् । 

नेपालका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर र एन्टीजेन गरी १३ हजार २२ जनाको परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा ३०८२ जना कोरोनामुक्त भएका छन् । यससँगै हालसम्म कोरोना निको हुनेको संख्या ५४३५२१ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट ५२ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८५५८ पुगेको छ ।

Comments

Top