छिमेकीको पीडामा मल्हम लगाउँदै राष्ट्रिय युवा संघ नेपाल, भक्तपुरमै उठ्यो ५ लाख बढीको राहत

काठमाडौं । छिमेकीको पीडामा मल्हम लगाउने हेतुले राष्ट्रिय युवा संघ नेपाल, भक्तपुरले सिन्धुपाल्चोकका बाढी पहिरो पीडितलाई राहात उपलब्ध गराएको छ । विगत तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढीबाट प्रभावित भएका सिन्धुपाल्चोकबासीको सहयोगका लागि एमालेका केन्द्रीय सदस्य तथा संघका इन्चार्ज महेश बस्नेतको विशेष पहलमा राहत संकलन गरी सिन्धुपाल्चोक पठाइएको राष्ट्रिय युवा संघ नेपाल भक्तपुरका संयोजक राजु लुबन्जार श्रेष्ठले बताए ।

पूर्वमन्त्री एवं युवा संघका इन्चार्ज बस्नेतको पहलमा भक्तपुरबाट ५ लाख बराबरको राहत सामाग्री र अन्य जिल्लाहरुबाट गरी २० लाख भन्दा बढीको राहत सामाग्रीसहित राष्ट्रिय युवा संघको एक टोली सिन्धुपाल्चोकको मेलम्चीलगायतका बाढि पहिरो प्रभावित क्षेत्रमा गएको छ । उक्त टोलीलाई राहत सामाग्री हस्तान्तरण गर्दै इन्चार्ज बस्नेतले बिदाई गरेका थिए ।

एमालेका केन्द्रीय सदस्य तथा संघका इन्चार्ज महेश बस्नेतको विशेष पहलमा भक्तपुरबाट पाँच लाख रूपैयाँको सामाग्री तथा अन्य विभिन्न जिल्ला तथा सहयोगी संस्थाहरुबाट संकलीत करिव २० लाख रूपैयाँ वरावरको राहत, स्वास्थ्य तथा वन्दोवस्तीका सामाग्रीहरु लिएर संघको टोली मेलम्ची तर्फ गएको हो ।

भक्तपुरबाट संकलित उक्त सामाग्रीहरु संघका इन्चार्ज वस्नेतले संघका अध्यक्ष किरण पौडेल, उपाध्यक्ष क्षितीज थेवे, संजिव कुमार झा, अशोक चौलागाईतथा महासचिव रमेश आचार्यलाई संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

भक्तपुरमा रहेका संघका पदाधिकारी तथा जिल्ला कमिटीको तर्फबाट मृतकका परिवारलाई रु ४५ हजारका दरले नगद रकमसहित संघको जिल्ला कमिटीले करिबपाँच लाख रूपैयाँ बराबरको सामाग्रीहरु संघका इन्चार्ज वस्नेतद्वारा संघका अध्यक्ष पौडेललाई संघको केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा हस्तान्तरण गरिएको थियो ।

विकासप्रेमी युवा नेता महेश बस्नेतको प्रेरणामा राष्ट्रिय युवा संघ नेपाल भक्तपुरले मृतकका परिवारलाई किरिया खर्चसमेत उपलब्ध गराएको हो । भक्तपुरबाट चामल, दालमोठ, साबुन, चाउचाउ, दाल, टेन्ट, सेनिटाइजर, मास्क, कपडा,, मञ्जन, चियरा, बिस्कुट, जुसल, टर्चलाइट, बाल्टी र जग जस्ता राहत सामाग्री सिन्धुपाल्चोक पठाइएको पनि संघका केन्द्रीय सचिवालय सदस्य एवं भक्तपुरका संंयोजक लुबन्जारले बताए ।

No description available.

राहत संकलनमा केन्द्रिय सचिवालय सदस्य दिनेश थापा, केन्द्रिय साचिवालय सदस्य दिपेश खड्का, पुष्पराज बस्नेत भक्तपुर जिल्ला कमिटी सदस्य, रविन थापा रास्ट्रिय युवा संघ, सुर्यविनायक नगरकमिटी संयोजकलगायतले अगुवाइ गरेका थिए । अहिले पहिलो चरणमा तत्काल संकलन भएको राहत पठाइएको बताउँदै विपत्तिमा परेका हरेक नेपालीलाइ सहयोग गर्ने प्रतिबद्धतासमेत राष्ट्रिय युवा संघ नेपाल भक्तपुरले गरेको केन्द्रीय सचिवालय सदस्य दिनेश थापाले बताए ।

 

 

Bhaktapur_3

 

Comments

Top