सर्वोच्चद्वारा मन्त्रीपरिषद् विस्तार बदर, २१ मन्त्री पदमुक्त

supreme

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई सर्वोच्च अदालतले बदर गर्ने अन्तरिम आदेश दिएको छ । सर्वोच्चको यस आदेशसँगै पछिल्लोपटक थपिएका २१ मन्त्रीहरु पदमुक्त भएका छन् ।

मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले मन्त्रिपरिषद विस्तार बदर गर्ने अन्तरिम आदेश जारी गरेसँगै पछि थपिएका २१ जना मन्त्री पदमुक्त भएका छन् ।

संसद विघटनपछि प्रधानमन्त्री ओलीले जेठ २१ गते एक उपप्रधानमन्त्री र १० जना मन्त्री हटाएर उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्री गरी २१ जना थप गर्दै जसपालाई पनि सरकारमा ल्याएका थिए ।

 

Comments

Top