काठमाडौं । पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या घट्दै गइरहेको भारतमा पछिल्लो २४ घन्टामा थप ४९ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
दुई महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ४९ हजार ८५१ जनामा संक्रमण भएसँगै भारतमा संक्रमितको संख्या ३ करोड २ लाख ३२ हजार ३२० पुगेको छ ।
यस्तै त्यहाँ एकै दिन १ हजार २५६ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख ९५ हजार ७८० पुगेको छ ।
अहिले पछिल्लो तथ्यांकअनुसार भारतमा ५ लाख ९३ हजार २०५ जना सक्रिय संक्रमित छन् ।
Comments