आकाश र पूजाको सम्बन्धमा चिसोपन

Puja_Aakash

काठमाडौं । फिल्मी पर्दामा पछिल्लो समय रुचाइएका जोडी पूजा शर्मा र आकाश श्रेष्ठको सम्बन्ध चिसिएको छ । व्यक्तिगत रूपमा पनि निकै नजिक रहेका पूजा र आकाशको सम्बन्धमा चिसोपना आएको पूजा स्वयंले एक टेलिभिजन अन्तर्वार्तामा खुलाएकी हुन् । यी दुईको केमेस्ट्री र सम्बन्ध पर्दाबाहिर पनि उत्तिकै चर्चित छ । यी दुईले विहे गर्न लागेको पनि बेलाबेलामा हल्ला चल्ने गरेको थियो ।

आकाशको टेलिभिजन कार्यक्रम सञ्चालक प्रकाश सुवेदीस“गको सम्बन्धका कारण उनीहरूको सम्बन्धमा चिसोपना आएको हो । पछिल्लो समय अभिनेत्री पूजा र सुवेदीबीच पानी बाराबारको स्थिति छ । सुवेदीले सञ्चालन गर्ने कार्यक्रम रजटपटमा पूजास“ग गरेको अन्तर्वार्ता र  टिप्पणीका कारण उनीहरूको सम्बन्ध बिग्रिएको थियो ।

गतसाता राजधानीको एक बाल आश्रममा सुवेदीले सञ्चालन गरेको अभियानमा खाना लिएर आकाश सहभागी भएका थिए । उक्त कुरा मिडियामा आएपछि पूजाले व्यक्तिगत सम्बन्ध बिग्रिएको खुलासा गरेकी छन् । हालैको एक टेलिभिजन अन्तर्वार्तामा पूजाले भनेकी छन्, ‘फोटो देखेपछि जसरी म विवादको बेला तर्सिएको थिएँ, त्यसैगरि तर्सिएकी थिएँ। मलाई त्यो घटनाले नै टर्चर भएको थियो । एकसाथ धेरै फिल्म र म्युजिक भिडियोमा काम गरेकाले म उस“ग नजिक छु । तर, हामीबीच कहिल्यै प्रेम सम्बन्ध थिएन । तर आकाशले त्यो पनि नसोचेको देखेपछि मेरो मित्रता एकतर्फी रहेछ भन्ने महसुस भयो । उसँग व्यवसायिक सम्बन्ध मात्र रहेछ । दर्शकले हाम्रो जोडी चाहिँमनपराउनुभएको हो । तर, आकाशसँग लभ गर्छु र विहे गर्छु भनेर कहिल्यै सोचिन ।’

‘सम्हालिन्छ कहिले मन’, ‘पोइ पर्यो काले’, ‘सम्झना बिर्सना’जस्ता फिल्ममा सँगै काम गरेपछि उनीहरुको निकटता रियल लाइफमा पनि उत्तिकै हुन थालेको हो । तर, प्रेम सम्बन्धका विषयमा भने दुवैले नकार्दै आए । झगडा परेमा उनीहरु केही हप्ता बोलचाल बन्द गर्थे । मन शान्त भएपछि पुनः बोलचाल सुरु हुन्थ्यो । ‘यो मित्रताको कहिल्यै अन्त्य हुँदैन’ भनेर उनीहरूले धेरैपटक मिडियामा पनि भनेका छन् ।

 

Comments

Top