माओवादी नेतृ भुषाललाई मातृशोक

pampha aama

ललितपुर । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति सदस्य पम्फा भुषाललाई मातृ शोक परेको छ।

नेतृ भुसालकी आमा इन्द्रकला भुषालको ९३ वर्षको उमेरमा आज विहान कुसुन्तीस्थित निवासमा निधन भएको हो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निवासमै पुगेर इन्द्रकलाको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

इन्द्रकलाको शव श्रद्धाञ्जलीका लागि घरमै राखिएको छ । विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु श्रद्धाञ्जलीका लागि निवासमा पुगेका छन् ।

प्रतिनिधिसभाका सभामुख अग्नी सापकोटाले सामाजिक सञ्जाल ट्वीटरमार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

ट्वीटरमा सभामुख सापकोटाले लेखेका छन्, ‘नेकपा (माओवादी केन्द्र) को स्थायी समिति सदस्य पम्फा भुषालकी ममतामयी आमा इन्द्रकला भुषालको ९३ वर्षको उमेरमा आज विहान कुसुन्तीस्थित निवासमा निधनको खबरले स्तब्ध छु। दिवंगत भुषाल प्रति भावपूर्ण श्रद्धाञ्जली १ शोकाकुल परिवार एवं आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’

 

Comments

Top