आइतबारदेखि हट्ने भयो आन्तरिक उडानमा कोटा प्रणाली

Domestic flights

काठमाडौं । सरकारले आन्तरिक उडानको कोटा प्रणाली हटाउने निर्णय गरेको छ । पहिरोका कारण सडक यातायात प्रभावित भएपछि हवाई उडानमा कोटा प्रणाली हटाइएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए ।

कोटा प्रणाली हटे पछि आन्तरिक हवाई सेवा प्रदायकहरुले आश्यकता अनुसार उडान गर्न सक्ने छन् । वायुसेवा कम्पनीहरुले देशभर बाढी र पहिरोका कारण सडक यातायात अवरुद्ध भएको र यात्रुको चाप परेको भन्दै उडान संख्या थप्न माग गर्दै आएका थिए । उडान संख्या कम हुँदा टिकट पनि महङ्गो भएको गुनासो यात्रुहरुले गर्दै आएका छन् । विमानस्थलमा तोकिएका स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पूर्ण पालना गर्नुपर्ने जनाइएको छ ।

सरकारले यसअघि ५० प्रतिशतको सीमा तोकेको थियो । अब आइतबारदेखि यो सीमा हट्नेछ । ‘अब दैनिक यति नै संख्यामा उडान गर्ने भनि संख्या तोकिएको छैन । चाहिने जति संख्या थप गर्न सक्ने अधिकार वायुसेवा कम्पनीलाई दिएका छौं,’ महानिर्देशक पोखरेलले भने ।

Comments

Top