एक डाेज मात्र लगाए पुग्ने अमेरिकी खाेप आज नेपाल आइपुग्ने

Johnson-Johnson-coronavirus-vaccine-1024x768

काठमाडौं । अमेरिकी सरकारले उपलब्ध गराउने १५ लाख डोज खोप आज आउँदैछ । अमेरिकाले कोभ्यासमार्फत नेपाललाई सहयोग गर्न लागेको जोन्सन एन्ड जोन्सन खोप निःशुल्क रुपमा नेपाल आउने जनाइएको छ ।

नेपालस्थित अमेरिकी राजदूतावासकी प्रवक्ता आना रिची–एलेनले गत शुक्रबार उक्त खोप नेपालमा आउने जानकारी दिएकी थिइन् ।

नेपालले यस अघिदेखि नै अमेरिकालाई खोप सहयोगको लागि आग्रह गर्दै आइरहेको थियो । साथै, नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाललाई खोप सहयोगको लागि अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पत्र लेखेकी थिइन् ।

एक डोज मात्र लगाए पुग्ने उक्त खोप नेपाल आए पछि कुन समूहलाई लगाउने बारेमा यकिन नभए पनि सोमबार वा मंगलबारसम्म निर्णय गरी बुधबारबाट भने लगाउन सुरु गरिने स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

 

Comments

Top