सर्वोच्च अदालतको संवैधानिक इजलासको फैसला बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरिएको छ– राष्ट्रपति कार्यालय (विज्ञप्तिसहित)

President_1

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शेरबहादुर देउवालाई सर्वोच्चको फैसला बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेको विज्ञप्ति राष्ट्रपति कार्यालयबाट जारी भएको छ।

देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको सार्वजनिक भइसकेको भए पनि राष्ट्रपति कार्यालयले आधिकारिक सूचना सार्वजनिक गरेको थिएन।

‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट श्री सर्वोच्च अदालत, संवैधानिक इजलासको मिति २०७८/३/२८ को फैसला बमोजिम प्रतिनिधिसभाका सदस्य एवम् नेपाली कांग्रेस संसदीय दलका नेता माननीय श्री शेरबहादुर देउवाज्यूलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ’, मंगलबार अपराह्न राष्ट्रपति कार्यालयका सहप्रवक्ता केशव प्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिः

 

प्रतिक्रिया

सम्बन्धित