डोलेश्वर मन्दिर परिसरमा निःशुल्क मास्क तथा स्यानिटाइजर वितरण

srijansheel

भक्तपुर । भक्तपुरको डोलेशवर मन्दिर परिसरमा भक्तजनको स्वास्थ्यको ख्याल गर्दै मास्क तथा स्यानिटाइजर उपलब्ध गराउन सुरु गरिएको छ । साउनको महिनामा डोलेश्वर महादेव दर्शनका लागि आउने भक्तजनहरुको भीडलाई मध्यनजर गर्दै सिर्जनशील युवा समाजले निःशुल्क रुपमा मास्क तथा स्यानिटाइजर उपलब्ध गराउन लागेको हो ।

समाजका अध्यक्ष गौतम थापाले साउनको पहिलो सोमबारको अवसरमा सुरु गरिएको उक्त अभियान निरन्तर चल्ने बताएका छन् । हिन्दुहरुको आस्थाको केन्द्र केदारनाथ शीर डोलेश्वर महादेबको दर्शनबाट पुण्य कमाउने अभिप्रायःका साथ आउने भएकाले यहीँ आउँदा कोरोनाको त्रास भोग्न नपरोस् भन्दै उक्त अभियान चलाएको अध्यक्ष थापाले बताए ।

विशेष गरी सोमबार र शनिबारका दिन दर्शनार्थीहरुको भिडभाड बढी हुने हुनाले उक्त परिसरमा विभिन्न क्लब, समूह, समाजसेजीलगायतले स्वास्थ्यसम्बन्धी अभियान चलाउने डोलेश्वोर संरक्षण समितिका अध्यक्ष बालहरी चालिसेले बताए । चालिसेले यस वडाले पनि मन्दिरको संरक्षणमा पु¥याएको योगदानको प्रसंशा गर्दै स्थानीय युवा, संघ संस्थालगायतको सहृदयताप्रति मन्दिर संरक्षण समिति अनुग्रहित भएको समेत बताए ।

No description available.

Comments

Top