नेकपा केन्द्रीय कमिटी बैठकः देउवालाई मत दिएका २२ जनालाई २४ घन्टे स्पष्टीकरण सोध्ने तयारी

Emale

काठमाडौं । नेकपा एमालेको केन्दीय कमिटीको बैठक बसिरहेको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा सुरु भएको केन्द्रीय कमिटीलाई १० औं बैठककै नाम दिइएको छ ।

उक्त बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने एमालेका २२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने प्रस्ताव गरिएको छ।

जारी नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले उक्त प्रस्ताव गरेका हुन्। ओलीले उक्त प्रस्ताव गरेपछि आजै कारबाही गर्नुपर्ने भन्दै केही केन्द्रीय सदस्यहरूको हुटिङ गरेका छन्।

आइतबार प्रधानमन्त्री देउवाले विश्वासको मत लिनेक्रममा ओलीकै नेतृत्वमा सरकारमा रहेका मन्त्री प्रेम आले र ओलीको प्रिय मानिएका किसन श्रेष्ठले समेत प्mलोर क्रस गर्दै देउवालाई विश्वासको मत दिएका थिए ।
अहिले बैठक जारी छ।

Comments

Top