मन्त्रीपरिषद् निर्णयः 'साउन ६ गते सार्वजनिक बिदा'

Cabinet_Deuba

काठमाडौं । सरकारले आगामी साउन ६ गते सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

भर्खरै सम्पन्न मन्त्रीपरिषद् बैठकबाट आगामी साउन ६ गते इस्लाम धर्मावलम्बीको चाड वकरइद परेको हुनाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । उक्त कुरा मन्त्रीपरिषद्को निर्णयबारे सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्र कार्कीले जनाए ।

त्यस्तै सरकारले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई विपत संकट ग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । त्यस्तै सिन्धुपाल्चोक र मनाङका बाढी पीडितलाई बाढीपिट आगामी असोज मसान्तसम्म लागू हुने गरी विपत संकट ग्रस्त क्षेत्र घोषित गरेको मन्त्री कार्कीले बताए ।

त्यस्तै कोरोनाविरुद्धको खोप उपलब्ध गराएकोमा सबै छिमेकी मित्रराष्ट्रहरुलाई धन्यवाद सहित आभार प्रकट समेत गरेको छ ।

Comments

Top