माधव नेपालले पार्टी छाडे सम्मानजनक बिदाई गर्ने महेश बस्नेतको उद्घोष

M_Basnet

काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं राष्ट्रिय युवा संघ नेपाल का इन्चार्ज महेश बस्नेतले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टी छाड्न आग्रह गरेका छन्।

राष्ट्रिय युवा संघ नेपाल अन्तर जिल्ला विशेष प्रदेश कमिटीको बिस्तारित भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले सम्मानजनक बिदाइ गर्न आफूहरु तयार रहेको बताएका हुन्।

‘तपाईँ एमालेमा बस्न चाहनुहुन्न भने कृपया एमाले छोडनुस्। हामी पुत्ला जलाउँदैनौं। सम्मानजनक बिदाइ गर्छौ। तर, एमालेमा बसेर बर्वाद गर्नेहरुलाई युवासंघले तह लगाउनै पर्छ,’ उनले भने।

नयाँ वानेश्वरमा भएको कार्यक्रममा बस्नेतले नेपालले समानान्तर गतिविधि गर्दै एमाले फुटाउन खोजेकोले युवासंघले पुत्ला जलाउन नरोक्ने बताए । ‘तपाईँ समानान्तर गतिविधि गर्ने। समानान्तर कमिटी बनाउने। अध्यक्षको हजारौं पुत्ला तपाईँले जलाउने अभियान चलाउनु भयो। तपाईँले महाअपराध गर्नुभयो। त्यसैले तपाईँको पुत्ला जलेको हो,’ उनले भने।
ओलीको पुत्ला जलाउन नेपालले अभियान चलाएको पनि बस्नेतको आरोप थियो। आफ्नो एक÷दुई पुत्ला जल्दैमा कोटेश्वरमा सुरक्षा बढाएको भन्दै उनले नेपालको आलोचना गरे।

'केपी ओलीको पुत्ला जल्दा तपाईँलाई खुब स्वाद आयो। अनि आफ्नो पुत्ला जलेपछि निद हराम भो। कोटेश्वरमा सुरक्षाकर्मी बढाउनु भो,ु बस्नेतले भने।

Comments

Top