प्रचण्डपत्नी भेट्न खुमलटार पुगे प्रधानमन्त्री देउवा

Deuba_Khumaltar

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगेका छन् ।

प्रधानमन्त्री देउवा बिरामी रहेकी प्रचण्ड पत्नी सीता दाहाललाई भेट्न प्रचण्ड निवास पुगेको बताइएको छ ।

यसअघि मंगलबार बिहान प्रधानमन्त्री देउवालाई भेट्न माओवादी अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका थिए । भेटमा सरकार सञ्चालन र गठबन्धनको साझा नीति तथा कार्यक्रम तय गर्ने विषयमा छलफल भएको थियो ।

Comments

Top