डा. घिमिरको नेतृत्वमा ध्यान योग आरोग्य साधना नेपाल गठन

Pata

काठमाडौ । ध्यान योग आरोग्य साधना नेपाल डा.सुवास घिमिरेको नेतृत्वमा सर्वसम्मत चयन गरिएको छ ।

संयोजक समितिको विशेष जुमभेलाबाट २१ सदस्यीय समिति चयन गरिएको हो । तदर्थ समितिको रुपमा गठन गरिएको सो समिति भित्र उपाध्यक्षहरुमा डा.जनक बस्नेत,डा.मिना बराकोटी,होमनाथ आचार्य,किशोर दहाल,अजितमान तामाङ,योगाचार्य प्रकाश आचार्य र हिरा कार्की,महासचिवमा नबराज काफ्ले,सचिवमा अर्जुन रखाल मगर,कोषाध्यक्षमा जीवन्ती पौडेल,सदस्यहरुमा बासु आचार्य,डा।आनन्द गैरे,बालमुकुन्द सुवाल,आनन्द अरहत स्वामी,योगीनी सरिता नन्दी,टिका अविरल,कल्पना सेवानी,रामदेवी मर्हजन,कमल पौडेल,कृष्ण ओलिया रहेका छन् ।

यस समितिलाई नेपाल सरकार सँग आवद्ध गराउदै ६ महिना भित्रमा वृहत राष्ट्रिय सम्मेलन गरि नेतृत्व हस्तान्तरण गर्ने समितिका अध्यक्ष डा।सुवास घिमिरेले बताए । त्यसैगरि डा।घिमिरेले स्वनाम साथीको नेतृत्वमा शुभारम्भ भएको यो अभियानलाई सबैपक्षको समन्वय र सहकार्य गर्दै अगाडि बढ्ने उदघोष समेत गरेका छन् ।

pata_1

त्यसैगरि कार्यक्रममा नामिशका अध्यक्ष डा. क्षितिज बराकोटीले ध्यान योग आरोग्य विधा सँग जोडिएका सम्पुर्ण संघ संस्था एवं व्यक्तिहरुलाई समेटेर जाने गरि योजना बनाएर अगाडि बढ्न डा. घिमिरेको टिमलाई आग्रह गरे ।

योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष डा. जनक बस्नेतले ध्यान योग आरोग्यलाई पारदर्शी बनाउन र सबैको विश्वसनीयताको लागि संस्था दर्ता अपरिहार्य भएको धारणा राखेका थिए ।

यस अभियानका संस्थापक संयोजक स्वनाम साथीको भावना अनुरुप अगाडि बढ्न सकेमात्र हाम्रो अभियानले पुर्णता पाउने विषयमा किशोर दाहालले आफ्नो धारणा स्पष्ट राखेका थिए ।

त्यसै गरि कार्यक्रममा नेपाल ओशोधारा संघका अध्यक्ष आचार्यश्री ओशो अखण्डले अभियानलाई यहाँसम्म ल्याउन विशेष योगदान गर्ने व्यक्तित्वहरुलाई धन्यवाद प्रकट गर्दै हामी सबैको साझा मञ्चको रुपमा स्थापित गर्दै अघि बढ्नु पर्ने धारणा राखेका थिए ।

त्यसै गरि योग जिल्ला समन्वय समिति भक्तपुरका अध्यक्ष बालमुकुन्द सुवालले यस समितिले केन्द्रिय समितिको भूमिकामा रहि ७ वटै प्रदेश र सम्पुर्ण जिल्लाहरुमा यसका शाखाहरु विस्तार गर्न अब ढिलाई गर्न नहुने बारेमा मार्गनिर्देश गरेका थिए ।

कार्यक्रममा योगमाण्डुका संस्थापक सञ्चालक अर्जुन रखाल मगरले ध्यान योग आरोग्य विधा सँग जोडिएका व्यक्ति एवं संघ संस्थाहरुलाई साझा सञ्जालको रुपमा गठन गरिएको  यस संस्थाको छातामूनि आवद्धताको लागि अनुरोध गरेका छन् ।

Comments

Top