डोलेश्वर मन्दिर परिसरमा रक्तदान, निःशुल्क मास्क र स्यानिटाइजर वितरणमा निरन्तरता

dole

भक्तपुर । भक्तपुरको डोलेशवर मन्दिर परिसरमा भक्तजनको स्वास्थ्यको ख्याल गर्दै मास्क तथा स्यानिटाइजर उपलब्ध गराउन सुरु गरिएको छ । साउनको महिनामा डोलेश्वर महादेव दर्शनका लागि आउने भक्तजनहरुको भीडलाई मध्यनजर गर्दै सगोल युवा समाजले निःशुल्क रुपमा मास्क तथा स्यानिटाइजर उपलब्ध गराउन लागेको हो ।

समाजका अध्यक्ष प्रदीप थापाले साउनको दोस्रो सोमबारको अवसरमा हिन्दुहरुको आस्थाको केन्द्र केदारनाथ शीर डोलेश्वर महादेबको दर्शनबाट पुण्य कमाउने अभिप्रायःका साथ आउने भएकाले यहीँ आउँदा कोरोनाको त्रास भोग्न नपरोस् भन्दै उक्त अभियान चलाएको अध्यक्ष थापाले बताए ।

साथै कोरोना महामारीको यस अवधिमा रगतको अभावले बिरामीहरुले ज्यान गुमाउन नपरोस् भन्ने हेतुले हरेक वर्ष झैं नेपाल रेडक्रस सोसाइटी, सिपाडोल उपशाखाले हरेक सोमबार र शनिबार मन्दिर परिसरमा रक्तदान कार्यक्रम गर्दै आएको छ ।

Blood_1

विशेष गरी सोमबार र शनिबारका दिन दर्शनार्थीहरुको भिडभाड बढी हुने हुनाले उक्त परिसरमा इच्छुक दर्शनार्थीहरुले रक्तदान गर्ने वातावरण बनोस् भनेर रक्तदान कार्यक्रमको आयोजना गरिएको डोलेश्वर संरक्षण समितिका अध्यक्ष बालहरी चालिसेले बताए । चालिसेले समितिको यस कार्यमा साथ दिएकोमा नेपाल रेडक्रस सोसाइटी सिपाडोल उपशाखाप्रति आभार व्यक्त गर्दै भावी दिनहरुमा सहयोगको अपेक्षा गरेका छन् ।

Blood

त्यस्तै उपशाखाका सभापति राकेश थापाले सधैं झैं रेडक्रसले सामाजिक काममा सहभागी हुनपाउनु गर्वको विषय भएको बताउँदै भविष्यमा पनि समाज र वडाका साथै समितिसँग पनि सहकार्य गर्न तयार रहेको बताए ।

Comments

Top