सांसद बस्नेतको पहलमा आएको बजेटमा ‘रवाफ' देखाउँदै कांग्रेसी जनप्रतिनिधि !

nnn

भक्तपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएसँगै कांग्रेस निर्वाचित जनप्रतिनिधिहरुको ‘रवाफ’ देखिन थालेको छ । यसअघि साढे तीन वर्षभन्दा बढी समय नेतृत्व गरेका केपी ओली नेतृत्वको सरकारमा परेको बजेटलाई आफूले ल्याएको भन्दै मध्यपुर थिमीका एक वडाध्यक्षले प्रचारबाजी गरेका छन् ।

विगतका केही वर्षयता भक्तपुरको विकासका पर्यायबाची मानिएका युवा नेता एवं पूर्वमन्त्री महेश बस्नेतले एकल प्रयासमा भक्तपुरको मुहार फेर्न लागि परेका छन् । बस्नेत कोरोना महामारी, वर्षा, घाम नभनि विकास निर्माणमा खटिएको जनताले देखेकै छन् । जिल्लाको विकासलाई पहिलो प्राथमिकतामा राख्ने बस्नेतले स्थानीयस्तरदेखि केन्द्रसम्मको आफ्नो पहुँचलाई पूर्ण सदुपयोग गरी पछिल्ला दिनमा भक्तपुरमा विकासको बाढी नै लगाएका थिए ।

सोही अनुरुप बस्नेतकै पहलमा मध्यपुथिमीको ‘सानो थिमी–धुन्चेपाखा–मगरगाउँ–बोडे सडक’ निर्माण तथा स्तरोन्नतीका लागि पनि बस्नेतले बजेट पारेका थिए । तत्कालिन सरकारको पालामै परेको बजेटबाट निर्माण भएको उक्त सडकखण्डको निर्माणपछि भने कांग्रेसबाट निर्वाचित मध्यपुर थिमी नगरपालिका वडा नं. २ का वडाध्यक्ष राम थापाले भने आफूले बजेट पारेर निर्माण सम्पन्न गरेको भन्दै उद्घाटन गर्दै सामाजिक सञ्जालमा प्रचारप्रसारमा व्यस्त रहेका छन् । 

उक्त आयोजनालाई दुई खण्डमा विभाजन गरी धुन्चेपाखा–मगरगाउँ ओरालो सडक ढलान र सानो थिमी–धुन्चेपाखा–मगरगाउँ–बोडे सडक’ निर्माण गर्ने योजनाअन्तर्गत पहिलो खण्ड धन्चेपाखा–मगरगाउँ ओरालो सडक ढलान सम्पन्न भएको छ । जसलाई वडाध्यक्ष थापाले आफ्नो पहलमा ल्याएको बजेट भन्दै सामाजिक सञ्जालमा उद्घाटन गर्दै प्रचार गर्न भ्याएका छन् । विकासको सुरुवात गर्नुभन्दा पनि कांग्रेसी नेता तथा कार्यकर्तालाई निर्माण सम्पन्न भइसकेपछि जस लिन खोज्ने बानी नै परेको देखिन्छ । यसअघि तनहुँको एक आयोजनामा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पनि 'लुकिछिपी' उद्घाटन गरेको समाचारले सञ्चारमाध्यममा यथेष्ट स्थान पाएको थियो । 

उक्त योजनाका लागि नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं। २ का संघीय सांसद महेश बस्नेतको विशेष पहलमा संघीय सरकारबाट सडक विभाग अन्तरगत आर्थिक वर्ष २०७७र७८ को लागि प्राप्त दुई करोड ३५ लाख बजेट विनियोजन भयो । उक्त बजेटलाई दुई खण्डमा विभाजन गरी सडक विभागले टेण्डर आह्वान गर्यो ।

M Banset_1

पहिलो, धुन्चेपाखा–मगरगाउँ ओरालो सडक ढलानको लागि चुनदेवी माता भक्तपुरले रु ३५ लाखको ठेक्का पाएकोमा २८ लाखमा विलो स्वीकार गरी ढलान सम्पन्न भइसकेको छ । सम्झौता अनुसार उक्त सडक ६६ मिटर लम्वाई र ८ मिटर चौडाईको सडक ढलान सम्पन्न भएको छ । जुन आज वडाध्यक्ष थापाले आफुले ल्याएको बजेट भन्दै प्रचार प्रसार गरेका छन् ।

वडाध्यक्ष थापाले आफ्नो नगरपालिकाबाट प्राप्त बजेटलाई भने सदुपयोग गर्न नसकेको देखिएको छ । अघिल्लो आर्थिक वर्षमा करिव ५७ प्रतिशतमात्र बजेट खर्च गर्न सफल भएको नगरपालिकाले गएको आर्थिक वर्षमा भने अझ त्यो भन्दा पनि कम गरेको बुझ्न आएको छ । वडाध्यक्ष थापाले त झनै नगरपालिकाबाट वडामा आएको बजेटको ३५ प्रतिशत पनि खर्च गर्न सकेका छैनन् ।

उक्त सडकको वडाध्यक्ष थापाले सडक विभागलाई समेत जानकारी नदिई उद्घाटन गरेको रहस्य पनि खुलेको छ । कुनै पनि आयोजना निर्माण सम्पन्न गर्दा इन्जिनियरले प्रमाणीत गर्नुपर्छ, जुन सम्झौता अनुसारको छ कि छैन रु गुणस्तरिय छ कि छैन रु उक्त सडक निर्माणलाई प्राविधिक रुपमा हेरिरहेका सडक विभागका इन्जिनियर बालेश्वर खड्कालाई समेत जानकारी तथा रिपोर्ट समेत नलिई उद्घाटन गरिएको जनाइएको छ ।

उद्घाटन भएको सामाजिक सञ्जालमा फैलिए पछि नेता बस्नेतले वडाध्यक्षले गैरजिम्मेवारी पूर्ण काम गरकेो बताए । उनले आफ्नो पहलमा बजेट परेर विकास निर्माणको काम सम्पन्न भएकोमा वडाध्यक्षले जस लिने बहानामा प्राविधिक रुपमा सडक विभागलाई समेत जानकारी नदिइ उद्घाटन गरेको बताए । बस्नेतले भने, ‘केही दिनमा नै शुरु हुने ओभर लेको काम पनि आफुले गरेको भनि शिलान्यास र उद्घाटन गर्न कांग्रेसका जनप्रतिनिधि (वडाध्यक्ष) थापाले प्रचार गर्न सक्छन् । किन कि सरकारमा कांग्रेस गएको छ, भ्रमको खेती गरि निर्वाचन केन्द्रीत हुनुछ । तर त्यस्ता अनावश्यक भ्रमले भक्तपुरका जनतालाई झुक्याउन सक्ने छैनन् । आम भक्तपुरका जनता भ्रममा नपर्न आग्रह गर्दछु । उक्त ओभर ले को काम पनि केही दिनमा नै शुरु हुने छ ।’

Comments

Top