अफगानिस्तान । अफगानिस्तानमा मुस्लिम अतिवादी विद्रोही समूह तालिबानले राजधानी काबुलबाहेक देशका सबै मुख्य सहरमा कब्जा जमाएका छन्।
आइतबार बिहान पूर्वी सहर जलालावाद सहरमा पनि तालिबानले कब्जा जमाएका हुन्।
सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै बिबिसीले जनाएअनुसार अफगान सुरक्षाकर्मीहरूले कुनै प्रतिकारबिनै जलालावाद तालिबानलाई छोडिदिएका हुन्।
शनिबार तालिबानहरूले उत्तरी अफगानिस्तानको अर्को महत्वपूर्ण सहर मजर—इ—सरिफमा कब्जा जमाएका थिए।
तालिबानहरू अब राजधानी काबुल कब्जा गर्न अघि बढिरहेका छन्।
पछिल्ला दिनमा तालिबानी समूहले अफगानिस्तानका अधिकांश क्षेत्र कब्जा गर्न थालेपछि अमेरिकालगायतका मुलुकले आफूहरु सुरक्षित हिसाबले अफगानिस्तानमा बाहिरिने प्रक्रिया थालेका छन् । यसैअनुरुप अमेरिकी दूताबासले अफगानिस्तानमा रहेका महत्वपूर्ण कागजातहरु नष्ट गरेको समाचार प्रकाशित भएका थिए ।
Comments