इरानमा बढ्यो मृत्युदर, एकैदिन ६८४ को मृत्यु

Iran

इरान । इरानमा कोरोनाभाइरसका कारण मृत्यु हुनेहरूको सङ्ख्या फेरि उच्च भएको छ ।

सरकारी अधिकारीहरूले आइतबार दिएको पछिल्लो विवरणअनुसार इरानमा कोरोनाका कारण एक दिनमा ६८४ जनाको मृत्यु भएको छ । 

योसँगै इरानमा कोरोनभाइरसबाट सङ्क्रमित भएर अहिलेसम्म एक लाख दुई हजार ३८ जनाको मृत्यु भएको छ ।

त्यसैगरी भाइरसबाट देशभरी अहिलेसम्म ४६ लाख ७७ हजार ११४ जना सङ्क्रमित भएको इरानको स्वास्थ्य तथा चिकित्सा शिक्षा मन्त्रालयले जनाएको छ । तीमध्ये ३६ हजार ४१९ जना पछिल्लो २४ घण्टामा सङ्क्रमित भएका हुन् ।

कूल सङ्क्रमितमध्ये अहिलेसम्म ३९ लाख ३२ हजार ४७२ जना सङ्क्रमणमुक्त भएका छन् भने सात हजार ६६२ जना अझै पनि आईसीयूमा रहेका छन् ।

आइतबारसम्म एक करोड ६७ लाख १७ हजार ६८१ जनाले कम्तीमा एउटा खोप लगाएका छन् । तीमध्ये ५८ लाख ३० हजार ६५० जनाले दुवै खोप लगाएका छन् ।

Comments

Top